काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलअगावै नेपाल र ओमनले टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।










