९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । रासस