१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकालीमा पौडी खेलेर आएका क्वारेन्टाइनमा



अ+ अ-

अमरगढी । भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो । भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो ।

विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो । ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए । आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो । उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

ब्लडबैंकमा रगत अभाव

डडेल्धुरा रेडक्रस शाखाले सञ्चालन गरेको ब्लडबैंकमा रगत अभाव भएको छ । हालसम्म करिब आठ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लडबैंक इन्चार्ज गणेश ऐरले जानकारी दिनुभयो । पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको १० प्रतिशत छुट

डडेल्धुराको अजयमेरु गाउँपालिकाले बजार मूल्यको १० प्रतिशत छुटमा घरमै दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिका सदरमुकाम भद्रपुरमा बिहीबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाका सबै बस्तीमा प्रत्येक घरधुरीका लागि दैनिक उपभोग्य सामग्री बजार मूल्यमा १० प्रतिशत छुट र ढुवानी छुटसहित उपलब्ध गराउने अध्यक्ष भट्टले बताउनुभयो ।