१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठकः ५० जना केन्द्रीय सदस्यको सुझाव प्रस्तुत



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राख्नुभएको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिनुभएको छ । राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ ।

प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले भोलि बिहान ८ बजेदेखि बैठक पुनःसुरु हुने बताउनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । रासस