२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना त्रासले तेस्रोपटक संसद् बैठक स्थगित



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । शुक्रबार २३ चैतमा बस्ने बैठक एक सूचना जारी गर्दै ३० चैत्र सम्मका लागि स्थगित गरिएको हो ।

यसअघि चैत ७ गते, १३ गतेकालागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो। राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।