३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकता : संयोजक प्रचण्ड



अ+ अ-

धादिङ: नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिनुभएको छ। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिनुभयो ।एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उहाँले स्पष्ट पार्नुभयो, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताउनुभयो ।उहाँले भन्नुभयो ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ ।युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’ उक्त भेटघाटमा उहाँले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिनुभएको थियो।

दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभयो ।

संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताउनुभयो। ‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ उहाँले भन्नुभयो, ‘जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उहाँले थप्नुभयो ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भनेर द्धुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गर्नुभयो ।पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो ।

जेन्जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेण्डा एउटै भएको बताउँदै देश अहिले माओवादी केन्द्रले अगाडि सारेका एजेण्डाहरूअनुसार अघि बढेको उहाले बताउनुभयो । साथै अबको नेतृत्व पनि माओवादी केन्द्रले लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।