२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका नेतालाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै पार्टीमा आउनुस्



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।

बुधवारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भएपनि अब फर्किने बेला भएको बताउनु भयो ।

सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन आग्रह गर्नुभयो । समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बसिरहेको भन्दै आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न आग्रह गर्नुभयो । एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने समाचार आइरहेका छन् । माओवादी नेताहरुले यसबारे पदाधिकारी बैठकबाटै निर्णय गरेर पार्टी एकताको प्रयास जारी रहेको बताइसेका छन् । कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्नु क्षणिक हुने टिप्पणी गर्नुभयो । अहिले पनि एमाले साढे ६ लाख सदस्य, २३ वटा महासंघ भएको पार्टी रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु । हिजो उहाँहरु समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौँ । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ । विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस् । आज समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन् । म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैँले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस् । कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस् । यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन । अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो । २३ वटा महासंघ भएको पार्टी हो ।’

अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ एकता हुनुपर्ने बताउनु भयो । अफ्ठ्यारो र असहज परिस्थितिमा सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।




भर्खरै