२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बन्यो भयावह अवस्था, एकै दिनमा १३ सयको मृत्यु, २० हजार संक्रमित



अ+ अ-


अमेरिकामा कोरोनाका कारण दिन प्रतिदिन भयावह स्थिति बन्दै छ । अमेरिकाबाट प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु भएको छ । साथै एकै दिन यहाँका कम्तीमा पनि २० जनामा संक्रमण बढेको देखिएको छ । यस अवस्थालाई अहिलेसम्मकै सबैभन्दा भयावह अवस्थाको संज्ञा दिइएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।