२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनबारे दलहरूको धारणा लिन सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानेन्द्र शाही, नेकपा एसका राजेन्द्र पाण्डे, जसपाकी रेखा यादवलगायत सहभागी छन् ।

तर उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने सहभागी भएन ।

सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद् विघटनसम्बन्धी राय र सुझाव लिन बैठक आयोजना गरेका थिए । तर रास्वपाबाट कुनै पनि प्रतिनिधि उक्त छलफलमा उपस्थित नभएका हुन् ।

रास्वपाका नेता सन्तोष परियारका अनुसार पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै तोकिएको भएकाले सभामुखको बैठकमा सहभागी हुन नसकिएको बताए । “पार्टीको बैठकका कारण उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराइसकेका छौं,” उनले भने । रास्वपाको सचिवालय बैठक पनि सोही समयमा बस्दैछ ।