२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी रासायनिक गोदाम र कपडा कारखानामा आगलागी हुँदा १६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलवार एक कपडा कारखाना र एक रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय मिडिया रिपोर्टकाअनुसार बंगलादेश युनिभर्सिटी अफ बिजनेस एण्ड टेक्नोलोजीको अगाडि दुई भवनहरू छेउछाउमा अवस्थित छन् ।

१२ जनाको शव ढाका मेडिकल कलेज अस्पताल र ढाकाको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानमा लगिएको बताइएको छ । अधिकारीकाअनुसार सात तले कपडा कारखानामा आगलागी तेस्रो तल्लाबाट शुरु भएको थियो ।

आगो निभाउन कम्तिमा १२ वटा दमकल इकाइहरू घटनास्थलमा पुगेका थिए । रासायनिक गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड लगायतका खतरनाक सामग्रीहरू भण्डारण गरिएको थियो । आगोको कारण पत्ता लागेको छैन ।




भर्खरै