२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयुक्त राष्टसंघले भन्यो- कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती



अ+ अ-

काठमाडौँ । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढीरहेका बेला संयुक्त राष्टसंघले भने यसलाई दोस्रो विश्वयुद्धपछिकै ठूलो चूनौती भनेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ । महासचिव गुटरेसले यसले सिर्जना गरेको चुनौती अहिलेको संसारकै सबैभन्दा ठूलो छ भनेका छन् । उनले यसलाई महामारी मात्र नभनेर विश्व महामारीको संज्ञा पनि दिएका छन् ।