काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० दलको बैठक बोलाउनु भएको छ ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी छलफलका लागि बोलाउनु भएको छ ।
बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा हिजो सर्वोच्च अदालतमा १० वटा रिट परेको छ ।










