• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

चीनबाट वर्षमानको फोन, मलाई नभए शक्ति बस्नेतलाई महासचिव



काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवका प्रमुख प्रत्याशी वर्षमान पुनले आफूले महासचिव पदमा दावी कायम राख्नुभएको छ । उहाँले आफ्नो नाममा सहमति नजुटे आफ्नो तर्फबाट शक्ति बस्नेतलाई अगाडि सार्नुभएको छ ।

हाल चीनमा उपचार गराइरहनुभएका पुनले केन्द्रीय समितिको बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी आफू भोलि मङ्गलबार डिस्चार्ज हुने जानकारी गराउँदै पदाधिकारी चयन प्रक्रिया रोक्न आग्रह गर्नुभएको थियो ।

यदि प्रक्रिया नै अगाडि बढाउने हो भने आफूले महासचिवको दावी नछोड्ने तर सहमतिका लागि छाड्ुन परे शक्ति बस्नेतलाई दिनु पर्ने अडान राख्नुभएको थियो । पार्टीभित्र पुनका प्रतिस्पर्धी जर्नादन शर्मा पनि महासचिवका लागि प्रबल दावेदार हुनुहुन्छ । तर उहाँहरु एकले अर्काको अस्तित्व स्वीकार्नुहुन्न ।

शर्मा र पुनलाई मिलाउन सकस भएपछि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासविचका लागि अगाडि सार्ने मनस्थिति बनाउनुभएको छ । तर गुरुङ निकट एक नेता भन्छन्, “अध्यक्षज्युले पुनको कुरा नमानेर अगाडि बढने सम्भावन न्यून छ त्यसैले पुन वा पुनले चाहेको व्यक्ति महासचिव बन्ने प्रबल सम्भावना छ ।”