२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट वर्षमानको फोन, मलाई नभए शक्ति बस्नेतलाई महासचिव



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवका प्रमुख प्रत्याशी वर्षमान पुनले आफूले महासचिव पदमा दावी कायम राख्नुभएको छ । उहाँले आफ्नो नाममा सहमति नजुटे आफ्नो तर्फबाट शक्ति बस्नेतलाई अगाडि सार्नुभएको छ ।

हाल चीनमा उपचार गराइरहनुभएका पुनले केन्द्रीय समितिको बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी आफू भोलि मङ्गलबार डिस्चार्ज हुने जानकारी गराउँदै पदाधिकारी चयन प्रक्रिया रोक्न आग्रह गर्नुभएको थियो ।

यदि प्रक्रिया नै अगाडि बढाउने हो भने आफूले महासचिवको दावी नछोड्ने तर सहमतिका लागि छाड्ुन परे शक्ति बस्नेतलाई दिनु पर्ने अडान राख्नुभएको थियो । पार्टीभित्र पुनका प्रतिस्पर्धी जर्नादन शर्मा पनि महासचिवका लागि प्रबल दावेदार हुनुहुन्छ । तर उहाँहरु एकले अर्काको अस्तित्व स्वीकार्नुहुन्न ।

शर्मा र पुनलाई मिलाउन सकस भएपछि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासविचका लागि अगाडि सार्ने मनस्थिति बनाउनुभएको छ । तर गुरुङ निकट एक नेता भन्छन्, “अध्यक्षज्युले पुनको कुरा नमानेर अगाडि बढने सम्भावन न्यून छ त्यसैले पुन वा पुनले चाहेको व्यक्ति महासचिव बन्ने प्रबल सम्भावना छ ।”