२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला- मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । पर्यटनमन्त्री योगेस भट्टराईले सँकटकालीन र बिशेष अवस्था भएको बुृझन आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत आफना भनाईहरु राख्दै भन्त्री भट्टराईले अहिले आम चुनावको प्रचार अभियान नभएको उल्लेख गर्दे जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहुन आग्रह गर्नुभएको छ ।

उहाले पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला नभएको भन्दै पार्टीको महाधिबेशन सम्म पर्खदै समयलाई पर्खन आग्रह गर्नुभएको छ ।

मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने र मानव सभ्यता नै समाप्त हुने हो कि न भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराख्न समेत उहाले आग्रह गर्नुभएको छ । आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला भन्दै मन्त्री भट्टराईले नियतमा कुनै खोटनभएको स्पष्ट पार्नुभएको छ । उहाले असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला भन्नुभएको छ ।