३१ श्रावण २०८३, आईतवार
,
Latest
जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायकः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै डीएनए परीक्षणपछि जोशीको शव विपिनकै भएको पुष्टि भएको दुःखद् समाचारले आफू अत्यन्त मर्माहित भएको बताएका छन् ।

“विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,” उनले लेखेका छन् ।

उनले विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढ्न अनुरोध गर्दछु,” संयोजक दाहालले भनेका छन् ।