२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि



अ+ अ-

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि भएको छ ।

स्रोतका अनुसार इजरायलस्थित सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखिएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले हमासले हस्तान्तरण गरेको शवलाई इजरायली सैनिक अस्पताल पुर्‍याई डीएनए परीक्षण गराएको थियो । उक्त परीक्षणबाट शव विपिन जोशीकै भएको र उनको मृत्यु प्राकृतिक नभई हत्या गरिएको निष्कर्ष निकालिएको हो ।

यद्यपि, यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक रूपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत अहिलेसम्म आधिकारिक जानकारी नपाएको बताएका छन् ।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई विपिनको डीएनए परीक्षणको औपचारिक प्रतिवेदन पठाउने तयारी भइरहेको छ । त्यसपछि मन्त्रालयमार्फत सार्वजनिक घोषणा गरिने अपेक्षा गरिएको छ ।

२२ वर्षीय नेपाली विद्यार्थी जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो ।

त्यसयता विपिनको अवस्था अज्ञात रहँदै आएको थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीहरूले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।