४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि

विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि
अ+ अ-

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि भएको छ ।

स्रोतका अनुसार इजरायलस्थित सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखिएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले हमासले हस्तान्तरण गरेको शवलाई इजरायली सैनिक अस्पताल पुर्‍याई डीएनए परीक्षण गराएको थियो । उक्त परीक्षणबाट शव विपिन जोशीकै भएको र उनको मृत्यु प्राकृतिक नभई हत्या गरिएको निष्कर्ष निकालिएको हो ।

यद्यपि, यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक रूपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत अहिलेसम्म आधिकारिक जानकारी नपाएको बताएका छन् ।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई विपिनको डीएनए परीक्षणको औपचारिक प्रतिवेदन पठाउने तयारी भइरहेको छ । त्यसपछि मन्त्रालयमार्फत सार्वजनिक घोषणा गरिने अपेक्षा गरिएको छ ।

२२ वर्षीय नेपाली विद्यार्थी जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो ।

त्यसयता विपिनको अवस्था अज्ञात रहँदै आएको थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीहरूले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।