काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गर्नुभएको छ ।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर धारणा राख्ने र त्यसक्रममै उपसभापति खड्कालाई कार्यवाहक दिने मनस्थिति बनाइरहेको उनी निकट एक नेताले जानकारी दिनुभयो ।










