२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले अहिले नै मध्यावधि निर्वाचन भनेको छैन-भ्रमको पछि नलाग्नु-डा.महत



अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आफूले एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आफूले मध्यावधि निर्वाचनको कुरा नगरेको स्पष्ट गरेका छन् । उनले आफूले अर्कै प्रसंगमा गरेको कुराकानीलाई मध्यावधि निर्वाचनको माग गरेको भनी यसैलाई शीर्षकमा राखेर समाचार बनाएर गरिएको प्रचारप्रति आपत्ति पनि प्रकट गरेका छन् ।

सहमहामन्त्री डा.महतले आज एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको खण्डन गर्दै भनेका छन्-‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ।’
उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामाभन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो तर पनि यो बेप्रसंगको कुरा ल्याएर आफ्नो बदनाम गर्ने प्रयास गरिएको भन्दै यस्तो भ्रमका पछि नलाग्न सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह पनि गरेका छन् ।
डा.महतको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ:

भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति
हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल

डा.प्रकाशशरण महत
सहमहामन्त्री
नेपाली काँग्रेस