२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने



अ+ अ-

काठमाडौँ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ।

हमासले आइतबार विज्ञप्ति जारी गर्दै जोशी र अन्य तीन इजरायली नागरिक — गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज — को मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “हामी अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार शवहरू इजरायली पक्षलाई हस्तान्तरण गर्नेछौं।”

इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।

यसबीच, बन्धक तथा बेपत्ता व्यक्तिहरूको अधिकारका लागि काम गर्दै आएको होस्टेज एण्ड मिसिङ फोरम ले हमासको यो कदमलाई “पीडादायी तर महत्त्वपूर्ण” प्रतिक्रिया दिएको छ।

फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ।”

विपिन जोशी सन् २०२३ अक्टोबरमा इजरायलको दक्षिणी क्षेत्र स्डेरोटमा हमासको आकस्मिक आक्रमणका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी थिए।




भर्खरै