२४ कार्तिक २०८२, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुइ हजार चार सय ५१ सैन्य दीक्षित



अ+ अ-

काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम आज समापन गरिएको छ ।

तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम दुई हजार १०२ जना पुरुष र ३४९ जना महिला पूरा गरी दीक्षित भएका हुन् ।

तालिम समापनका अवसरमा त्रिशूलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा तालिम महानिर्देशक ध्रुवप्रकाश शाहलगायतका सैनिक अधिकृतले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुभयो ।