२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई ” गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसहित गायिका समान्ता थापा ,निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिनु भएको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने मोहित मुनालले संगित दिनुभएको छ ।

गीतकार तथा गायक पौडेलले भन्नुभयो, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”

गितमा यमपञ्चकको पाँचै लिन गरिने कर्महरु कागपुजा , कुकुर पुजा , लक्ष्मि पुजा , गाई गोरु पुजा र भाई पुजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहारमनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।