१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गालले टोक्दा एकको मृत्यु



अ+ अ-

लमजुङ । यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।”

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताउनुभयो ।