४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

तनहुँका न्यायिक समितिमा दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याइँदै

तनहुँका न्यायिक समितिमा दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याइँदै
अ+ अ-

दमौली । यहाँका स्थानीय तहमा रहेको न्यायिक समितिले दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । जिल्लाका नगरपालिका र गाउँपालिकामा रहेका न्यायिक समितिले मेलमिलापका माध्यमबाट मुद्दाको किनारा लगाउँदै आएको छ । यसले गर्दा दुवै पक्षलाई जितको महसुस गराउन सकिएको बताइएको छ ।

सदरमुकामस्थित व्यास नगरपालिकामा गत आर्थिक वर्षमा ११६ मुद्दा दर्ता भएकामा ८८ मुद्दा फछ्र्योट भएका छन् । न्यायिक समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले मेलमिलापका माध्यमबाटै मुद्दाको छिनोफानो गर्दै आएको उल्लेख गर्नुभयो । दरैले भन्नुभयो, “न्यायिक समितिमा मुद्दा दर्ता भएपछि दुवै पक्षसँग छलफल गर्छौं, दुवै पक्षलाई जितको आभाष दिलाउन मेलमिलापको नीति लिएका छौँ ।”

नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलो पानी, जग्गा खिचलो, महिला हिंसालगायतका मुद्दा दर्ता हुने गरेका छन् । नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना गरिएको दरैले बताउनुभयो । दरैले भन्नुभयो, “सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ ।”

बन्दीपुर गाउँपालिकामा १७ मुद्दा दर्ता भएकामा ११ वटा फछ्र्योट भएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो । उहाँले दुवै पक्षलाई हारको महसुस नहुनेगरी विवाद समाधानलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

भिमाद नगरपालिकामा २६ मुद्दा दर्ता भएकामा २३ मुद्दा फछ्र्योट गरिएको उपप्रमुख एवं न्यायिक समितिका संयोजक शारदा खनालले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक गिनुमाया थापाका अनुसार पालिकामा १६ मुद्दा दर्ता भएकामा चार मुद्दा फछ्र्योट भएका छन् । शुक्लागण्डकी नगरपालिकामा ७९ मुद्दा दर्ता भएकामा ४७ मुद्दा फछ्र्योट भएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो ।

घिरिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक राधादेवी अधिकारीले पालिकामा १३ मुद्दा दर्ता भएकामा छ मुद्दा फछ्र्योट भएको उल्लेख गर्नुभयो । भानु नगरपालिकामा ६० मुद्दा दर्ता भएकामा ४४ मुद्दा फछ्र्योट भएको उपप्रमुख उमा गोतामले बताउनुभयो ।

स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखका संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

स्थानीयस्तरमा शान्ति, सौहाद्र्र र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पुर्‍याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवाधिकार र नागरिक हितको संवद्र्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।