१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलिउड अभिनेत्री डायन किटनको निधन



अ+ अ-

एजेन्सी । हलिउडकी प्रसिद्ध अभिनेत्री डायन कीटनको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनले ‘एनी हल’ र ‘द गडफादर’ जस्ता सुपरहिट फिल्महरूमा अभिनय गरेकी थिइन् ।

उनी निधन भएको समाचार सबैभन्दा पहिले पिपल म्यागजिनले सार्वजनिक गरेको थियो । त्यसपछि उनकी छोरी डेक्स्टर कीटन ह्वाइटले उक्त खबरको पुष्टि गरेकी हुन् । परिवारले सञ्चारमाध्यम र प्रशंसकहरूलाई गोपनीयता (प्राइभेसी) कायम राख्न आग्रह गरेको छ।

कीटनको मृत्यु क्यालिफोर्नियामा भएको हो । उनको मृत्युको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । जानकारी अनुसार शनिबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो । बिहान करिब ८ बजेर ८ मिनेटमा एम्बुलेन्स उनको घरमा पुगेको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

जानकारी अनुसार कीटन पछिल्ला केही महिनादेखि बिरामी थिइन् । उनी आफ्नो परिवारसँग बस्दै आएकी थिइन् र साथीहरूसँग दूरी बनाएकी थिइन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे खुलस्त कुरा गरेकी थिइन् । उनी ‘इटिङ डिसअर्डर’ नामक समस्याबाट पीडित थिइन्, जसमा व्यक्ति आफ्ना खाने बानीहरूलाई नियन्त्रण गर्न नसक्ने समस्या हुन्छ ।

कीटनले ‘द गडफादर’ र ‘एनी हल’ बाहेक ‘म्यानहटन’, ‘द फर्स्ट वाइभ्स क्लब’, ‘बुक क्लब फ्रेन्चाइज’, ‘फादर अफ द ब्राइड’ र ‘समथिङ्स गट्टा गिभ’ जस्ता फिल्महरूमा पनि अभिनय गरेकी थिइन् ।

‘एनी हल’ फिल्मका लागि उनले उत्कृष्ट अभिनेत्रीको अस्कार अवार्ड जितेकी थिइन् । त्यसबाहेक उनलाई तीन पटक अरू फिल्महरूका लागि पनि अस्कारमा नामांकन गरिएको थियो ।

कीटनले कहिल्यै विवाह गरेकी थिइनन्, तर वुडी एलेन, वारेन बिटी र आल पाचिनोसँग उनका सम्बन्धका चर्चा रहँदै आएका थिए । उनले एक पटक भनेकी थिइन्, “म विवाहका लागि बनेकी थिइनँ। मलाई बच्चा चाहिन्थ्यो, पति होइन ।”

उनले दुई बच्चा — छोरी डेक्स्टर र छोरा ड्यूक — लाई लालनपालन लिएकी थिइन् ।