२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनन्तीस लाखको पटाकासहित एक जना पक्राउ



अ+ अ-

महेन्द्रनगर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै रु २९ लाख बराबरका पटका (विस्फोटक पदार्थ) सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो ।

“पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो”, उहाँले भन्नुभयो, “अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ ।”

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिनसक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ ।