९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनन्तीस लाखको पटाकासहित एक जना पक्राउ



अ+ अ-

महेन्द्रनगर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै रु २९ लाख बराबरका पटका (विस्फोटक पदार्थ) सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो ।

“पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो”, उहाँले भन्नुभयो, “अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ ।”

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिनसक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ ।