३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण विजेता एरिका सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरी श्रीमती सङ्घले अन्तरराष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई आज नगदसहित सम्मान गरेको छ ।

सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई रु २५ हजार ५५५ सहित सम्मान गरेको हो । सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

सोही अवसरमा सङ्घले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

एरिका नेपाल पुलिस क्लबमा आवद्ध छिन् । उनले यही असोज १७ देखि १९ गतेसम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनले कुमितेतर्फ ६८ किलो माथिको तौलमा स्वर्ण जितेकी थिइन् ।

एरिका  ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् ।

सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् । रासस