२४ कार्तिक २०८२, सोमबार
,
Latest
चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिको विवरण पठाउन आग्रह



‘जेनजी’ आन्दोलनको क्रममा जल्दै गरेको संसद भवन ।
अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्ति क्षति सम्बन्धी विवरण माग गरेको हो । आयोगले सो विवरणका लागि एक औपचारिक ढाँचा (फर्म्याट) समेत पठाएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएका क्षतिको प्रमाणका रूपमा फोटो, भिडियो वा अन्य कागजात उपलब्ध भए ती समेत संलग्न गर्न अनुरोध गरिन्छ ।”

आयोगले प्राप्त विवरणका आधारमा क्षतिको यथार्थ मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ ।