१३ भाद्र २०८३, शनिबार
,
Latest
स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भए



अ+ अ-

काठमाडौँ । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटाइएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गत असोज २३ गते गृह मन्त्रालयले मापदण्ड उल्लङ्घन गरी तोकिएकाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको भन्दै तिनलाई फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म २७१ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । तीमध्ये १७४ जना नेपाल प्रहरी र ७४ जना सशस्त्र प्रहरीका रहेका छन् ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई अधिकतम १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीमार्फत सुरक्षा उपलब्ध गराइने व्यवस्था छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी प्रयोग गरेको पाइएको थियो ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले पनि सोही मापदण्ड उल्लङ्घन गर्दै अतिरिक्त सुरक्षाकर्मी राखेका थिए। ती सबै समेटेर २७१ जना सुरक्षाकर्मीलाई फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

फिर्ता भएका सुरक्षाकर्मीहरूलाई अब आफ्ना संगठनले तोकेको नियमित ड्युटीमा खटाइने बताइएको छ।




भर्खरै