काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका सात सदस्यीय आरोहण टोलीले मनाङस्थित दामोदर हिमश्रृंखलामा पर्ने चुलु फार ईस्ट हिमाल (६,०३८ मिटर) सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा फहराएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगीको नेतृत्वमा रहेको टोलीमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल, सशस्त्र प्रहरी निरीक्षकहरू निर्मल बस्नेत र रवि खकुरेल, सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छन्त्यालसहित अन्य दुई जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए ।
टोलीले असोज २५ गते विहान ७ बजे हिमालको शिखरमा पुगेर सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यो आरोहणलाई सशस्त्र प्रहरी बलले शारीरिक क्षमता, सहनशीलता र राष्ट्रिय गौरवसँग जोडिएको उपलब्धिका रूपमा लिएको छ ।
चुलु फार ईस्ट हिमाल मनाङ जिल्लाको दामोदर हिमश्रृंखलामा अवस्थित लोकप्रिय आरोहण गन्तव्य हो, जसको उचाइ ६,०३८ मिटर रहेको छ ।











