१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसवर्ष पोखरामा धानको उत्पादन बढ्ने



महानगरपालिका-३२ तल्लो गगनगौँडाबाट देखिएको माछापुच्छ्रे हिमाल र पाक्दै गरेको धानबाली । तस्बिर : वासुदेव पौडेल / रासस
अ+ अ-

गण्डकी । यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उहाँले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताउनुुभयो ।

कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ । “पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् । कतिपय कृषकले काट्न थालिसकेका छन्”, उहाँले भन्नुुभयो, “स्थानीय जातका जेठोबूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ ।”