१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।

हिजो स्थगित भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेरअघि सुरु भएको हो ।

रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो ।

बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने छ । बैठकको पहिलो दिन शुक्रबार ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।