१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मफेयर अवार्डः कार्तिक र अभिषेक उत्कृष्ट अभिनेता, आलिया उत्कृष्ट अभिनेत्री



अ+ अ-

एजेन्सी । अहमदाबादमा ७०औँ फिल्मफेयर अवार्ड समारोह सम्पन्न भयो ।

कार्तिक आर्यनलाई फिल्म ‘चन्दु च्याम्पियन’ र अभिषेक बच्चनलाई फिल्म ‘आई वान्ट टु टक’ का लागि उत्कृष्ट अभिनेता (बेस्ट एक्टर)को अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, आलिया भट्ट फिल्म ‘जिगरा’ का लागि उत्कृष्ट अभिनेत्री (बेस्ट एक्ट्रेस) घोषित भइन् । उत्कृष्ट फिल्मको अवार्ड ‘लापता लेडिज’ ले जित्यो र सोही फिल्मका लागि किरण रावले उत्कृष्ट निर्देशक (बेस्ट डायरेक्टर)को अवार्ड प्राप्त गरिन् ।

फिल्मफेयर अवार्डमा १४ अवार्ड जित्दै फिल्म ‘लापता लेडिज’ यसको इतिहासमै सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बनेको छ ।

यसअघि यो कीर्तिमान १३ अवार्ड जित्ने फिल्म ‘गली ब्वाइ’ ले बनाएको थियो । त्यस्तै, यस फिल्मले २४ वटा मनोनीयन (नोमिनेशन) प्राप्त गरी सबैभन्दा धेरै नॉमिनेशन हासिल गर्ने नयाँ रेकर्ड पनि कायम गरेको छ ।