९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मफेयर अवार्डः कार्तिक र अभिषेक उत्कृष्ट अभिनेता, आलिया उत्कृष्ट अभिनेत्री



अ+ अ-

एजेन्सी । अहमदाबादमा ७०औँ फिल्मफेयर अवार्ड समारोह सम्पन्न भयो ।

कार्तिक आर्यनलाई फिल्म ‘चन्दु च्याम्पियन’ र अभिषेक बच्चनलाई फिल्म ‘आई वान्ट टु टक’ का लागि उत्कृष्ट अभिनेता (बेस्ट एक्टर)को अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, आलिया भट्ट फिल्म ‘जिगरा’ का लागि उत्कृष्ट अभिनेत्री (बेस्ट एक्ट्रेस) घोषित भइन् । उत्कृष्ट फिल्मको अवार्ड ‘लापता लेडिज’ ले जित्यो र सोही फिल्मका लागि किरण रावले उत्कृष्ट निर्देशक (बेस्ट डायरेक्टर)को अवार्ड प्राप्त गरिन् ।

फिल्मफेयर अवार्डमा १४ अवार्ड जित्दै फिल्म ‘लापता लेडिज’ यसको इतिहासमै सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बनेको छ ।

यसअघि यो कीर्तिमान १३ अवार्ड जित्ने फिल्म ‘गली ब्वाइ’ ले बनाएको थियो । त्यस्तै, यस फिल्मले २४ वटा मनोनीयन (नोमिनेशन) प्राप्त गरी सबैभन्दा धेरै नॉमिनेशन हासिल गर्ने नयाँ रेकर्ड पनि कायम गरेको छ ।