१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-

रसुवा।  स्याफ्रु-रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो ।

टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको  स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस




भर्खरै