९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक सुवेदी पक्राउ



अ+ अ-

काठमाडौँ। कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटको टोलीले शुक्रबार सुवेदीलाई काठमाडौं-३१ शंखमुलबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरिएको पाइएको थियो।

पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई पशु फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन बाइन्डर आयात गर्न अनुमति दिइएको थियो।

तर, सो अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेस गरी आयात गरिएको अनुसन्धानमा खुलेको छ।

उक्त कम्पनी र सञ्चालकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।