२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दूरी कायम राख्दै नेकपा सचिवालय बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौं । सामाजिक दूरी कायम राख्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ। मंगलबार केहीबेर अघि बालुवाटारमा सुरू भएको बैठकमा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउँदा भएको अनियमितता र पछिल्लो पटक स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई दिएको जिम्मेवारीबारे छलफल हुने बताइएको छ।

पहिलो चरणमा स्वास्थ्य सामग्री ल्याउँदा अनियमितता भएको भनेर चौतर्फी आलोचना भएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरिसकेको छ। सचिवालय सदस्यहरूले यसअघि नै स्वास्थ्य सामग्री प्रकरणबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए।

गत चैत ५ गतेपछि सचिवालय बैठक आजमात्रै बस्न लागेको हो । सचिवालय बैठकमा अहिलेको समसामयिक विषयमा छलफल हुनेछ।