३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

कोभिड–१९ सङ्क्रमणले मुसाहरूको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावनाः अध्ययन

कोभिड–१९ सङ्क्रमणले मुसाहरूको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावनाः अध्ययन
अ+ अ-

एजेन्सी । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड–१९ भाइरसले मुसाहरूको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ । यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावहरूबारे गम्भीर प्रश्नहरू उठाएको छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा भाले मुसाहरूलाई कोभिड–१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि ती मुसाहरूलाई असङ्क्रमित पोथी मुसाहरूसँग मिलाइयो । अनुसन्धानकर्ताहरूले त्यसपछि जन्मिएका सन्तानहरूको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरे ।

“हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानहरूले असङ्क्रमित पिताका सन्तानहरूको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा। एलिजाबेथ क्लेम्यानले भन्नुभयो ।

नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानहरूमा समान परिवर्तनहरू देखिए । विशेष गरी, तीमध्ये पोथीहरूले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा। क्यारोलिना गुबर्टले भन्नुभयो, “यी परिवर्तनहरू एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।”

अनुसन्धानका प्रमुख लेखक डा। एन्थोनी हान्नानले भन्नुभयो, “यो अध्ययनले कोभिड–१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनहरूको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”

फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ ।

डा। हान्नानले भन्नुभयो, “यी निष्कर्षहरू अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तनहरू मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारहरूको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”

तर अनुसन्धानकर्ताहरूले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तनहरू हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड–१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।

महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायहरूले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेषगरी, आफ्नो जीवनको सामाजिकरूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवाहरूमा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिकाहरू अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो ।