७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीको ‘ज्वरो’

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीको ‘ज्वरो’
अ+ अ-

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक स्थगन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । आज स्थगित भएको बैठक आइतबार बिहान ११ बजे अध्यक्ष ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्ने भनिएको छ ।

हिजोबाट सुरु भएको सो बैठकमा आइतबार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले आफ्ना धारणा राख्ने बताइएको छ ।

सो बैठकमा हिजो अधिकांश सदस्यहरुले ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताएका समाचार बाहिरिएको थियो । आजका मिडियाहरुले पनि पहिलो पटक एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा मागिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् ।

समाचार अनुसार सम्भवत एमालेको यही असोज २९ देखि ३१ गतेसम्म बस्न लागेको केन्द्रीय कमिटी बैठकमा पनि त्यसको सिफ्लेक्सन आउन सक्ने आँकलन अध्यक्ष ओलीले पनि गरेको हुनुपर्दछ ।

आजै आएको अर्काे समाचार हो राष्ट्रपति रामचन्द्र पौडेललेको अस्वस्थताको । राष्ट्रपति पौडेल पनि आज बोलाइएको जेनजीहरुका विभिन्न समूहको बैठक भइरहेकै बेला अस्वस्थ भएको खबर आएको थियो ।

त्यस लगत्तै उनी टिचिङ अस्पताल पुगे । अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्ति प्रकाशन गरेर जानकारी पनि गरायो ।

गएको भदौ २३ र २४ गतेको आन्दोलन जेनजी समूहका युवाहरुले गरेका थिए, तर ती जेनजी अहिले सत्तामा नरहेका र सो आन्दोलन हाइज्याक गरेर सुदन गुरुङको निर्देशन चलिरहेको प्रति जेनजीका विभिन्न समूहहरुकै विरोध रहेको स्पष्ट रुपमा नै देखिएको छ ।

त्यो विरोधको स्वरुप आज राष्ट्रपति कार्यालयमा पनि देखियो । कैयौँ समूह त्यहाँ पुगे, जेनजीको वास्तविक प्रतिनिधि को हो भन्नेमा अन्योल भयो, विरोध भयो र कतिपयलाई भित्र पस्न पनि दिइएन ।

सम्भवत यसैकारण पो राष्ट्रपतिलाई ज्वरो आयो कि ? अर्थात् उनले यही विवादकै बीच पो असहज भएको हो कि भन्ने तर्कहरु पनि आज अपराह्नतिर आए ।

राष्ट्रपति र एमाले अध्यक्ष ओलीलाई आज अकस्मात भएको असहजता अर्थात् कामका कारणले आएको ज्वरोलाई कतिपयले यसअघिको संसद पुनर्स्थापनाको अवस्थामा देखिएको राजनीतिक विवाद निरुपण गर्न नसक्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिने स्वास्थ्यको सहारासँग पनि तुलना गरे ।

विसं २०६३ मा लोकतन्त्रको स्थापनापछि प्रधानमन्त्री बनेका कोइराला अस्वस्थ नै थिए । उनलाई समय समयमा अक्सिजनको कमी हुने गर्दथ्यो । तर राजनीतिक व्यवस्थापन पनि त्यस्तै असहज नै थियो ।

जस्तो कि संसद पुनस्र्थापना भएको थियो र एमाले र माओवादी पनि सरकारमा थिए । तर एमाले र माओवादीलाई बराबर अर्थात् ८३ सिट दिएर व्यवस्थापिका संसदमा लगिएको विषयमा एमाले बेखुस थियो । उता मधेश आन्दोलन थियो अनि यता संविधान सभाको निर्वाचनको कुरा आदि । धेरै थिए विवादहरु ।

भर्खरै शान्ति सम्झौता गरेर आएको माओवादीलाई पनि आफ्नै सरहको हैसियत दिएकामा एमाले बेखुस देखिन्थ्यो । यता सेना समायोजनादेखि लिएर धेरै कुराको व्यवस्थापन त्यस समय गर्नुपर्ने अवस्था थियो ।

बालुवाटारमा दिनदिनै बैठक बस्थ्यो । विवाद नहुने त कुरै भएन । अनि जब समाधान निकाल्न गाह्रो हुन्थ्यो त्यसपछि कोइरालाले नाक मुखमा अक्सिजनको मास्क लगाउँथे र डा मधु घिमिरेलाई बोलाउन लगाउँथे । त्यसपछि त नेताहरु त्यहाँ बस्ने कुरै भएन, आ आफ्नो बाटो लाग्थे ।

आज पनि राष्ट्रपति र अध्यक्ष ओलीको लगभग एकै समयमा अस्वस्थताको खबर आयो । उता ओलीमाथि सचिवालयले उठाएको राजीनामाको विवाद र यता जेनजीको पहिचानको लगभग दिनदिनैको विवाद ।

सायद कोइरालाकै मोडलमा उहाँहरुलाई पनि कामको ज्वरो आयो कि भन्ने आशंका बारे आज व्यापक रुपमा चर्चा हुँदै थियो । तर स्वास्थ्यका विषयमा कुनै हल्का टिप्पणी गर्नु जायज हुँदैन, किनभने यो उमेरमा अस्वस्थता र अकस्मात भइ नै हाल्छ । त्यसैले यो चर्चाको भन्दा पनि संयोगको विषय चाहिँ बन्न सक्छ ।