२४ कार्तिक २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस् जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री हामीले पार्टीमा पुर्याएको क्षतिलाई पूरा गर्नेगरी पिठ्युँ थापेर लाग्नेछौँः रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँको अवसर पारेर रिलिज भएका तीन चलचित्रले कति कमाए ?



अ+ अ-

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार गरेको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले रु दुई करोड ८५ लाख व्यापार गरेको छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।