५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीको दाबीः राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो



अ+ अ-

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन—जीहरुका महत्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताउनु भयो । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताउनु भयो ।

सुरक्षा निकायहरुले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएको जानकारी दिनुभयो । सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको बताउँदै मुलुक संवादहिनताको दिशामा अघि बढेको र निर्वाचनको माहोल बनेको बताउनु भयो । देश, जनता र राजनीतिक दल र जेन जीको साथ सबै निर्वाचनको बाटोमाअघि बढेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल