९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या अभियोगमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको र रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।रासस