२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताले गहिरो आत्मसमीक्षा गर्नुपर्छ : रविन्द्र मिश्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजनीतिले मात्र होइन, पत्रकारिताले पनि गहिरो आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले आज सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै अपवादलाई छाडेर पत्रकारिता विचारकारिता, पार्टीकारिता, नेताकारिता र व्यापारकारितामा रुपान्तरण भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

यो समय राजनीतिले मात्र होइन, पत्रकारिताले पनि गहिरो आत्मसमीक्षा गर्नु पर्ने समय हो ।

अपवादलाई छोडेर पत्रकारिता ’विचारकारिता’, ’पार्टीकारिता’, ‘नेताकारिता’ र ‘व्यापारकारिता’ मा रूपान्तरण भएको छ ।

पत्रकारिताले पत्रकारिताको आधारभूत मूल्यमान्यता मात्र पालना गर्न सके पनि त्यसले राजनीतिलाई ट्रयाकमा ल्याउन ठूलो सहयोग गर्ने थियो ।

विडम्बना, नेपालमा राजनीति र समाजका अन्य पक्षजस्तै पत्रकारिता पनि नराम्रोसँग क्षयीकृत भएर गएको छ । यो गम्भीर चिन्ताको विषय हो ।