७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

‘सशस्त्र द्वन्द्व’मा समेत यति कमजोर थिएन प्रहरीको मनोबल

‘सशस्त्र द्वन्द्व’मा समेत यति कमजोर थिएन प्रहरीको मनोबल
अ+ अ-

काठमाडौं । संविधान र मुलुकका विद्यमान नियम कानुनले काम गरिरहेको अवस्था भइदिएको भए यी विषयमा समाचार बन्न सक्दैनथ्यो, जुन अहिले दिनप्रतिदिन भिडियोकै रुपमा सार्वजनिक भइरहेका छन् र मानिसहरुले मजा लिइरहेका छन् ।

किनभने ती विषय राज्यको सुरक्षा गोपनीयताभित्र पर्दछ र जसको प्रचार र समाचारले नै राज्यका सुरक्षा अंगहरुको मानमर्दन गर्नुका साथै सार्वजनिक शान्ति सुरक्षामै खलल पर्न गई नागरिकको शान्तिपूर्वक बाच्न पाउने अधिकारमै बाधा व्यवधान उत्पन्न हुन सक्दछ ।

ती संवेदनशील विषय हुन् पछिल्लो समय सेना र प्रहरीका । पहिलो विषय त यो छ कि मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार जलिरहँदा त्यसैको सुरक्षाका लागि बसेको नेपाली सेनाको गणले नै कुनै एक्सन लिएन ।

यस्तो विषय सहज परिस्थितिको मुलुकको हुने हो भने लेख्न, भन्न र देख्न नै बर्जित हुनुपर्दछ । किनभने मुलुकको सेनाले मुलुकभित्रै सुरक्षा दिन सकेन भन्न पाइँदैन । यसो भन्नु भनेको असफल राज्यको एउटा उदाहरण हो ।

अब यो प्रसंगलाई आन्दोलनको विषयभित्र सीमित पार्नु बाहेकको अर्काे विकल्व मुलुकसँग रहेन । देशबासीले त्यसैगरी बुझे र आफूले आफ्नो मनलाई सुरक्षित महसुुस गराए र बसे ।

तर नागरिकका मनको त्यो डरलाग्दो शृंखला अझै सकिएको छैन । पछिल्लो समय दिनदहाडै प्रहरीले कुटाई खाइरहेका दृश्य आउँदा पनि जनताको मन झसंग हुन थालेको छ ।

आज प्रहरीले नै यसरी सार्वजनिक रुपमा कुटाई खाइरहेका छन् भने हाम्रो सुरक्षा कसले गरिदेला भन्ने त्रास नागरिकका मनमा उब्जिएकै होला ।

कानुन अनुसार यसरी प्रहरीलाई सार्वजनिक रुपमै कमजोर देखाएर लेख्न, प्रचार गर्नु हुँदैन । किनभने यसबाट एक त प्रहरी संगठनकै मनोबल कमजोर बनाउँछ भने अर्कातर्फ त्यो संगठनप्रति जनताको आशा भरोसामा कमी आउन सक्छ ।

केही समयअघि एक युवकले सडकमै ट्राफिक प्रहरीलाई कुटेको भिडियो भाइरल भयो । दृश्यमा सडकमा सवारी व्यवस्थापनका लागि खटेका एकजना प्रहरी देखिन्छन्, र एक युवालाई ती प्रहरीलाई तथानाम गालीगलौज गर्दै कुटपिट गरिरहेको छ ।

प्रहरी एक्लै छन्, त्यो व्यक्तिलाई केही गर्न सकिरहेका देखिँदैनन् । अनि सडकमा रहेका अरुहरुले पनि केही भन्न सकेका छैनन् । प्रहरी प्रतिको ती युवाको व्यवहार राम्रो भएन भनेर उनीहरु भन्न सकिरहेका छैनन् ।

अघिल्लो हप्ता पनि यस्तो दृश्य देखियो कि एकजना युवकले समाचार लेख्नै नसकिने अपशब्दहरु बोल्दै प्रहरी कुटेका छन् । र पनि ती प्रहरीहरु बोल्न सकिरहेका छैनन् ।

यसरी मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनमाथि यसरी हुर्मत लिने काम भइरहेको छ । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको ज्यादति एवं हमलापछि नै यो संगठनको मनोबलमा ह्रास आएका टिकाटिप्पणीहरु आइरहेका छन् ।

नेपालमा प्रहरीले धेरै ठूला असहजता, अप्ठेरा र संकटहरुको सामना गर्दै आएको छ । मुलुकको सुरक्षाका लागि प्रहरीको गर्विलो इतिहास जिवीतै छ ।

मुलुकले एक दशक लामो सशस्त्र द्वन्द्व भोग्यो । तर संघर्ष गर्दै लड्यो, आत्मबल कमजोर बनाएन । तर आजको परिस्थिति मुलुकमा यस्तो बनिरहेको देखिन्छ कि त्यो भन्दा पनि बढी प्रहरीले अहिले आत्मबल गुमाएको छ ।

तर आज यो अवस्थामा पुगेको प्रहरीलाई लेखेर, दृश्यहरु देखाएर मनोबल खस्काउने काम गर्नु हुँदैन, हाम्रा प्रस्तुतिहरुले आत्मबल भर्नुपर्दछ । थप बलियो बनाउनु पर्दछ । किनभने राज्यको प्रहरी बलियो हुँदा मात्र जनता सुरक्षित र बलिया हुन्छन् भन्ने मान्यता सबै नागरिकमा हुनुपर्दछ ।

देशको सुरक्षाका लागि सुरक्षाअंगहरु उच्च मनोबलका साथ काम गर्नुपर्छ र त्यो वातावरण राज्यले निर्माण गर्नुपर्दछ । त्यसमा नागरिक बर्दीबिनाका सुरक्षाकर्मी त हुँदै हुन् । जबसम्म यो मूल्य मान्यता राज्यमा स्थापित हुन सक्दैन, त्यो राज्य सफल राज्यका रुपमा पनि रहँदैन । यतिखेर देशलाई यसैको खाँचो छ ।