२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने



अ+ अ-

ललितपुर। आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी गराउनुभयो ।

“वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

डा महतले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा बताउनुभयो । उहाँले अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“नेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मूल्य–मान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारवाह हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभएन संसद् पुनःस्थापनाको विकल्प हुन सक्ने धारणा राख्नुभयो । रासस