५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनः क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो



अ+ अ-

काठमाडौँ । जेन—जी आन्दोलबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । नेपाल बीमा प्राधिकरणकाअनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।

प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधवारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।

सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा देशभर करिव एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो ।

आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पतीमा मात्रै एक खर्ब रुपैयाँ बराबरको क्षति भएको केही दिनअघि अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।

निजी कम्पनीहरुले आफ्नो सम्पतीको बीमा गराउने गरेपनि सरकारी सम्पतीको खासै नहुँदा सरकारी सम्पती ठूलो मात्रमा गुमेको छ ।