२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई १३ लाख उपलब्ध गराउने



अ+ अ-

काठमाण्डौ । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने भएको छ ।
परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश स्तरिय कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायसंग सम्बन्धीत मन्त्रालय तथा निकायहरुको प्रतिनिधीत्व रहने परिषदले सामान्यतय निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तालिम लगायतका काम गर्छ ।

अहिले कोरोना भाइरसका कारण मुलुक नै संकटमा रहेकाले यसको रोकथामका लागि परिषदको कोषबाट प्रदेशलाई रकम उपलब्ध गराउन लागिएको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले बताउनु भयो । उहाँले भन्नु भयो अहिले कोरोना भाइरसका कारण विश्व नै अप्ठ्यारो परिस्थितिमा छ । सिंगो राज्य नै यो भाइरस विरुद्धको लडाइमा छ । बाँच्नु र बचाउनु पहिलो प्राथमिकता भएकाले औषधी, उपकरण खरिद र उपचारका लागि प्रदेशहरुलाई रकम उपलब्ध गराइएको हो ।

परिषद्को गत चैत ५ गते बसेको बैठकका निर्णय अनुसार कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस अघि नै १ करोड रुपैयाँ उपलब्ध गराई सकेको छ ।