१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

हमासको कब्जामा रहेका विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक

हमासको कब्जामा रहेका विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक
अ+ अ-

काठमाडौँ । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइरहेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक भएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार उक्त तस्बिर इजरायली रक्षा बल (आइडीएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो। इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ र विभिन्न सञ्चार संस्थाले जनाएअनुसार, यो तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो।

भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा विपिन अपहरणमा परेपछि करिब एक महिनाको अवस्थामै देखिएका छन्। यसअघि अपहरणकै दिन शिफा अस्पतालको सुरक्षा क्यामेरामा उनको दृश्य सार्वजनिक भएको थियो। त्यसयता उनको कुनै पनि तस्बिर बाहिर आएको थिएन।

नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवारजन र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिम क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनाइएका थिए।

आक्रमणका क्रममा विपिनले हमासका लडाकूले फालेको ग्रेनेड फिर्ता फालेर अन्यको ज्यान बचाएको विवरण पनि सार्वजनिक भएका थिए।

करीब दुई वर्षदेखि उनीबारे कुनै ठ्याक्कै जानकारी नआएपछि जोशी परिवारले निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा उनको सकुशल रिहाइका लागि अपिल गर्दै आएको छ।