१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानको प्रोडक्सन हाउस र नेटफ्लिक्सलाई अदालतले बोलायो



अ+ अ-

एजेन्सी । दिल्ली उच्च अदालतमा आइआरएस अधिकारी समीर वानखेड़ेको मानहानि मुद्दामाथि आज (अक्टोबर ८) सुनुवाइ भएको छ ।

उक्त सुनुवाइपछि अदालतले नेटफ्लिक्स र शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिल्लीज इन्टरटेनमेन्ट’ लाई समन जारी गरेको छ । आरोप छ कि “बैड्स अफ बलिउड” नामक सिरिजमार्फत समीर वानखेड़ेको छवि बिगारिएको छ । यो सिरिज रेड चिल्लीजले निर्माण गरेको र नेटफ्लिक्समार्फत सार्वजनिक गरिएको हो ।

दिल्ली उच्च अदालतले जारी गरेको समन अनुसार, प्रोडक्सन हाउस र नेटफ्लिक्सले यो मुद्दामा ७ दिनभित्र जवाफ दिनुपर्नेछ । यस विषयमा आगामी अक्टोबर ३० मा पुनः सुनुवाइ हुनेछ ।

समीर वानखेड़ेको दाबी छ कि शाहरुख खानका छोरा आर्यन खानको निर्देशकको रूपमा डेब्यू सिरिज “बैड्स अफ बलिउड” मा उनलाई झल्काउने पात्र देखाइएको छ, जसका कारण उनको छवि धूमिल भएको र व्यक्तिगत तथा पारिवारिक रूपमा ट्रोलिङको सामना गर्नुपरेको छ ।

वानखेड़ेले यसअघि सेप्टेम्बर २६ मा पहिलोपटक मानहानिको याचिका दर्ता गरेका थिए। त्यसबेला दिल्ली उच्च अदालतले उनलाई याचिकामा संशोधन गर्न समय दिएको थियो र सोधेको थियो कि यो मुद्दा दिल्ली उच्च अदालतको क्षेत्राधिकारभित्र कसरी पर्छ।

त्यसबेला न्यायाधीश पुरुषेन्द्र कुमार कौर्वाले भनेका थिए—
“तपाईंको याचिका दिल्लीमा सुनुवाइ योग्य देखिँदैन । मिस्टर सेठी (वानखेड़ेका वकिल), कृपया कारण र क्षेत्राधिकार हेरौं। यदि तपाईंको दाबी हुन्थ्यो कि ‘मलाई धेरै ठाउँमा, जसमा दिल्ली पनि पर्छ, बदनाम गरिएको छ र सबैभन्दा बढी क्षति दिल्लीमै भएको छ’, तब हामी यसबारे यहाँ विचार गर्न सक्थ्यौं।”

अदालतले त्यतिबेला याचिका खारेज गरेको थिएन, तर संशोधन गर्न समय दिएको थियो। त्यसपछि अब यो मुद्दा पुनः सूचीबद्ध भएको हो ।

किन शाहरुख खान विरुद्ध मुद्दा दायर गरियो ?

आर्यन खानको निर्देशनमा बनेको सिरिज “बैड्स अफ बलिउड” बलिउडको पृष्ठभूमिमा आधारित छ । सिरिजको पहिलो एपिसोडमा एउटा बलिउड पार्टीको दृश्य छ, जहाँ बाहिर केही व्यक्ति लागुऔषध सेवन गर्दै देखिन्छन् । त्यही समयमा एक अनुसन्धान अधिकारी प्रवेश गर्छ, जसले बलिउडका व्यक्तिहरूलाई ड्रग्स मामिलामा फसाउने उद्देश्य राखेको देखिन्छ । यो पात्र समीर वानखेड़े सँग अत्यधिक मिल्दोजुल्दो देखिएको दाबी गरिएको छ । सिरिज रिलिज भएपछि सो पात्रको तुलना वानखेड़े सँग गरिँदै आएको छ ।