३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

शाहरुख खानको प्रोडक्सन हाउस र नेटफ्लिक्सलाई अदालतले बोलायो

शाहरुख खानको प्रोडक्सन हाउस र नेटफ्लिक्सलाई अदालतले बोलायो
अ+ अ-

एजेन्सी । दिल्ली उच्च अदालतमा आइआरएस अधिकारी समीर वानखेड़ेको मानहानि मुद्दामाथि आज (अक्टोबर ८) सुनुवाइ भएको छ ।

उक्त सुनुवाइपछि अदालतले नेटफ्लिक्स र शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिल्लीज इन्टरटेनमेन्ट’ लाई समन जारी गरेको छ । आरोप छ कि “बैड्स अफ बलिउड” नामक सिरिजमार्फत समीर वानखेड़ेको छवि बिगारिएको छ । यो सिरिज रेड चिल्लीजले निर्माण गरेको र नेटफ्लिक्समार्फत सार्वजनिक गरिएको हो ।

दिल्ली उच्च अदालतले जारी गरेको समन अनुसार, प्रोडक्सन हाउस र नेटफ्लिक्सले यो मुद्दामा ७ दिनभित्र जवाफ दिनुपर्नेछ । यस विषयमा आगामी अक्टोबर ३० मा पुनः सुनुवाइ हुनेछ ।

समीर वानखेड़ेको दाबी छ कि शाहरुख खानका छोरा आर्यन खानको निर्देशकको रूपमा डेब्यू सिरिज “बैड्स अफ बलिउड” मा उनलाई झल्काउने पात्र देखाइएको छ, जसका कारण उनको छवि धूमिल भएको र व्यक्तिगत तथा पारिवारिक रूपमा ट्रोलिङको सामना गर्नुपरेको छ ।

वानखेड़ेले यसअघि सेप्टेम्बर २६ मा पहिलोपटक मानहानिको याचिका दर्ता गरेका थिए। त्यसबेला दिल्ली उच्च अदालतले उनलाई याचिकामा संशोधन गर्न समय दिएको थियो र सोधेको थियो कि यो मुद्दा दिल्ली उच्च अदालतको क्षेत्राधिकारभित्र कसरी पर्छ।

त्यसबेला न्यायाधीश पुरुषेन्द्र कुमार कौर्वाले भनेका थिए—
“तपाईंको याचिका दिल्लीमा सुनुवाइ योग्य देखिँदैन । मिस्टर सेठी (वानखेड़ेका वकिल), कृपया कारण र क्षेत्राधिकार हेरौं। यदि तपाईंको दाबी हुन्थ्यो कि ‘मलाई धेरै ठाउँमा, जसमा दिल्ली पनि पर्छ, बदनाम गरिएको छ र सबैभन्दा बढी क्षति दिल्लीमै भएको छ’, तब हामी यसबारे यहाँ विचार गर्न सक्थ्यौं।”

अदालतले त्यतिबेला याचिका खारेज गरेको थिएन, तर संशोधन गर्न समय दिएको थियो। त्यसपछि अब यो मुद्दा पुनः सूचीबद्ध भएको हो ।

किन शाहरुख खान विरुद्ध मुद्दा दायर गरियो ?

आर्यन खानको निर्देशनमा बनेको सिरिज “बैड्स अफ बलिउड” बलिउडको पृष्ठभूमिमा आधारित छ । सिरिजको पहिलो एपिसोडमा एउटा बलिउड पार्टीको दृश्य छ, जहाँ बाहिर केही व्यक्ति लागुऔषध सेवन गर्दै देखिन्छन् । त्यही समयमा एक अनुसन्धान अधिकारी प्रवेश गर्छ, जसले बलिउडका व्यक्तिहरूलाई ड्रग्स मामिलामा फसाउने उद्देश्य राखेको देखिन्छ । यो पात्र समीर वानखेड़े सँग अत्यधिक मिल्दोजुल्दो देखिएको दाबी गरिएको छ । सिरिज रिलिज भएपछि सो पात्रको तुलना वानखेड़े सँग गरिँदै आएको छ ।