१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरु संसद पुनस्र्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ ।

बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताउनुभएको हो ।

नेता बस्नेतले संसद पुनस्र्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भईरहेको समेत बताउनु भयो । उहाँले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताउनु भयो ।

नेता बस्नेतले भन्नुभयो,‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं ।  र, यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ ।’

‘म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं । भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा  नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’

नेता बस्नेतले जेन—जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए÷नभएको छानविन गर्नुपर्ने माग गर्नुभयो ।